°C
09 January 2026
|
२५ पुष २०८२
Logo
सुनछहरी गाउँपालिका
पोबाङ रोल्पा, लुम्बिनी प्रदेश , नेपाल
सुनछहरी झरना
विबाङ दह
धन बहादुर पुन मगर
अध्यक्ष
9866248328
ननकला घर्ती
उपाध्यक्ष
9866744668
नागरिक वडापत्र (पालिका)
गैरसरकारी संस्था दर्ता
आवश्यक पर्ने कागजातहरु
१) निवेदन

२) संस्थाको विधान एक प्रति

३) सम्बन्धित वडाको सिफारिश

४) संस्थाका पदाधिकारीहरुको नागरिकता प्रमाणपत्रको प्रतिलिपि

५) कार्यसमिति गठन निर्णयको प्रतिलिपी

सेवा सुविधा प्राप्त गर्न आवश्यक पर्ने प्रक्रिया
१) निवेदन दर्ता गर्ने

२) तोक लगाउने

३) सम्बन्धित शाखाले दर्ता गरी प्रमाणपत्र उपलब्ध गराउने

सेवा प्रदान गर्ने अधिकारी/शाखा
प्रशासन शाखा
लाग्ने दस्तुर
रु. २०००
लाग्ने समय
सोही दिन,  सर्जमिनको हकमा बढीमा ३ दिनभित्र

 

गैरसरकारी संस्था नवीकरण सिफारिश
आवश्यक पर्ने कागजातहरु
१) संस्थाको प्रगति प्रतिवेदन

२) लेखा परीक्षण प्रतिवेदन

३) कर चुक्तासहितको निवेदन

सेवा सुविधा प्राप्त गर्न आवश्यक पर्ने प्रक्रिया
१) निवेदन दर्ता गर्ने

२) तोक लगाउने

३) सम्बन्धित कर्मचारीले सिफारिशपत्र उपलब्ध गराउने

सेवा प्रदान गर्ने अधिकारी/शाखा
प्रशासन शाखा
लाग्ने दस्तुर
रु. १०००
लाग्ने समय
सोही दिन,  सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
व्यवसाय दर्ता
आवश्यक पर्ने कागजातहरु
१) सम्बन्धित व्यक्तिको निवेदन पत्र ।

२) पासपोर्ट साइजको २ प्रति फोटो ।

३) नागरिकता प्रमाणपत्र र जग्गा धनि प्रमाण पुर्जाको प्रतिलिपि ।

४) घर/जमिन बहालमा लिई व्यवसाय गर्ने भए घर/जमिन बहालमा लिएको सम्झौता पत्रको ।

५) सम्बन्धित अन्य कार्यालयमा दर्ता भएको प्रमाण पत्र र आयकर दर्ता, प्यान दर्ता प्रमाण ६) पत्र प्रतिलिपि, भ्याट सँग सम्बन्धित भए सो को प्रमाण पत्र ।

सेवा सुविधा प्राप्त गर्न आवश्यक पर्ने प्रक्रिया
१) निवेदन दर्ता गर्ने

२) तोक लगाउने

३) सम्बन्धित कर्मचारीले सिफारिशपत्र उपलब्ध गराउने

सेवा प्रदान गर्ने अधिकारी/शाखा
प्रशासन शाखा

 

उद्योग दर्ता तथा सिफारिस
आवश्यक पर्ने कागजातहरु
१) सम्बन्धित उद्योगीको रितपुर्वकको निवेदन ।

२) उद्योगीको ना.प्र.प.को प्रतिलिपि ।

३) उद्योग संचालन हुने जग्गाको प्रमाण पुर्जाको प्रतिलिपि ।

४) जग्गा भाडामा लिएको भए जग्गा भाडाको संझौताको प्रतिलिपि ।

५) ज.ध.को ना.प्र.प.को प्रतिलिपि ।

६) उद्योग अन्यत्र कार्यालयमा दर्ता भएको भए सो को प्रमाण पत्रहरुको प्रतिलिपि,

७) आयकर, प्यान दर्ता प्रमाण पत्रको प्रतिलिपि, भ्याट सँग सम्बन्धित भए सो को प्रमाण पत्रको प्रतिलिपि, संधियारहरुको सहमति सहितको सर्जमिन मुचुल्का ।

८) सम्बन्धित वडा कार्यालयको सर्जमिन सहितको सिफारिस ।

सेवा सुविधा प्राप्त गर्न आवश्यक पर्ने प्रक्रिया
१) निवेदन दर्ता गर्ने

२) तोक लगाउने

३) सम्बन्धित कर्मचारीले सिफारिशपत्र उपलब्ध गराउने

सेवा प्रदान गर्ने अधिकारी/शाखा
प्रशासन शाखा /प्रमुख प्रशासकीय अधिकृत
लाग्ने दस्तुर
आर्थिक ऐन बमोजिम
लाग्ने समय
२ दिन वा सर्जमिन मुचुल्का पश्चात्
ठेक्का लाइसेन्स सिफारिस
आवश्यक पर्ने कागजातहरु
१) अनुसूची अनुसारको निवेदन फाराम

२) कार्यविधि अनुसार तोकिएको अन्य आवश्यक कागजातहरु ।

सेवा सुविधा प्राप्त गर्न आवश्यक पर्ने प्रक्रिया
१) निवेदन दर्ता गर्ने

२) तोक लगाउने

३) सम्बन्धित कर्मचारीले प्रमाणपत्र उपलब्ध गराउने

सेवा प्रदान गर्ने अधिकारी/शाखा
प्रशासन शाखा /प्रमुख प्रशासकीय अधिकृत
लाग्ने समय
२ दिन
ठेक्का इजाजतपत्र दस्तुर “घ” वर्ग
आवश्यक पर्ने कागजातहरु
३) अनुसूची अनुसारको निवेदन फाराम ।

४) घटीमा ५ लाख रुपैयाको चालु पुंजी देखाई उद्योग विभागमा दर्ता भएको प्रमाणपत्र ।

५) इजाजत पत्र कार्यविधि अनुसार तोकिएको मुख्य जनशक्ति भएको प्रमाणित कागजात ।

६) ट्रीपर १ थान, ट्राक्टर १ थान, मिक्सर १ थान, Thedolite/Level Machine १ सेट, ७) वाटर पम्प ३ थान, भाइब्रेटर मेशिन ३ थान मेशिन उपकरणहरुको स्वामित्व भएको साथै विमा गरेको कागजातहरु ।

८) मेशिन उपकरणहरु ठिक अवस्थामा भएको नेपाल मेकानिकल इन्जिनियरस

९) एशोसियशन सदस्यता प्राप्त मेकानिकल इन्जिनियरले प्रमाणित गरेको कागजात ।

सेवा सुविधा प्राप्त गर्न आवश्यक पर्ने प्रक्रिया
१) निवेदन दर्ता गर्ने

२) तोक लगाउने

३) सम्बन्धित कर्मचारीले प्रमाणपत्र उपलब्ध गराउने

सेवा प्रदान गर्ने अधिकारी/शाखा
प्रशासन शाखा /प्रमुख प्रशासकीय अधिकृत
लाग्ने दस्तुर
आर्थिक ऐन बमोजिम
लाग्ने समय
२ दिन
टोल बिकास तथा अन्य समूह
आवश्यक पर्ने कागजातहरु
१) टोल विकास संस्था/समुहको आफ्नो लेटर प्याडमा लेखिएको छाप सहित निवेदन ।

२) टोल विकास संस्था, अन्य समुहको बैठक भेलाले गरेको निर्णय प्रतिलिपि ।

३) संस्थाको विधान २ प्रति ।

४) कार्य समितिमा रहेका पदाधिकारीहरुको ना.प्र.प.को प्रतिलिपि ।

५) वडा कार्यालयको सिफारिस ।

सेवा सुविधा प्राप्त गर्न आवश्यक पर्ने प्रक्रिया
१) निवेदन दर्ता गर्ने

२) तोक लगाउने

३) सम्बन्धित कर्मचारीले प्रमाणपत्र उपलब्ध गराउने

सेवा प्रदान गर्ने अधिकारी/शाखा
प्रशासन शाखा /प्रमुख प्रशासकीय अधिकृत
लाग्ने दस्तुर
आर्थिक ऐन बमोजिम
लाग्ने समय
१ दिन
घरजग्गा मुल्यांकन तथा आयश्रोत प्रमाणित
आवश्यक पर्ने कागजातहरु
१) व्यहोरा प्रष्ट खुलेको रितपूर्वकको निवेदन ।
सेवा सुविधा प्राप्त गर्न आवश्यक पर्ने प्रक्रिया
१) निवेदन दर्ता गर्ने

२) तोक लगाउने

३) सम्बन्धित कर्मचारीले सिफारिशपत्र उपलब्ध गराउने

सेवा प्रदान गर्ने अधिकारी/शाखा
गाउँपालिका/वडा कार्यालय
लाग्ने दस्तुर
आर्थिक ऐन बमोजिम
लाग्ने समय
सोही दिन
व्यक्तिगत सिफारिश
आवश्यक पर्ने कागजातहरु
१) निवेदन

२) सम्बन्धित वडाको सिफारिश

३) नागरिकता र आवश्यकतानुसारका प्रमाणपत्रको प्रतिलिपी

सेवा सुविधा प्राप्त गर्न आवश्यक पर्ने प्रक्रिया
१) निवेदन दर्ता गर्ने

२) तोक लगाउने

३) सम्बन्धित कर्मचारीले सिफारिशपत्र उपलब्ध गराउने

सेवा प्रदान गर्ने अधिकारी/शाखा
प्रशासन शाखा /प्रमुख प्रशासकीय अधिकृत
लाग्ने समय
सोही दिन,  सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
प्राकृतिक प्रकोप सहायता
आवश्यक पर्ने कागजातहरु
१) निवेदन

२) प्रहरी सर्जिमिन मुचुल्का

३) सम्बन्धित वडाको सिफारिश

४) विपदको फोटो

सेवा सुविधा प्राप्त गर्न आवश्यक पर्ने प्रक्रिया
१) निवेदन दर्ता गर्ने

२) तोक लगाउने

३) सम्बन्धित कर्मचारीले सिफारिशपत्र उपलब्ध गराउने

सेवा प्रदान गर्ने अधिकारी/शाखा
प्रशासन शाखा /प्रमुख प्रशासकीय अधिकृत
लाग्ने समय
विपद व्यवस्थापन समितिको निर्णय पश्चात सोही दिन वा बढीमा ३ दिन भित्र
नागरिक वडापत्र (वडा कार्यालय)
मृत्यु दर्ता

आबश्यक पर्ने कागजातहरु

१. मृतकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि ( नागरिकता बनेको भएमा )

२. सूचकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि

३. मृतक विदेशी भएमा सूचक र मृतकको राहदानी, प्रवेशाज्ञा तथा निज त्यस वडामा बसोबास गरिरहेको प्रमाण

सेवा सुबिधा प्राप्त गर्ने आबश्यक पर्ने प्रक्रिया
मृत्यु भएको ३५ दिनभित्र मृतकको स्थायी ठेगाना रहेको वडा कार्यालयमा आवश्यक कागजातहरू सहित मृतकको परिवार मुख्य व्यक्ति वा सूचकले मृत्यु दर्ता गर्न जानुपर्छ ।

विवाह दर्ता

आबस्यक पर्ने कागजात हरु

१. दुलाहा, दुलहीको नागरिकता प्रमाणपत्रको प्रतिलिपि

२. कुनै एक जना विदेशमा रहेमा विदेश स्थित नेपाली नियोगबाट प्रमाणित अधिकृत वारेसनामा

३. अदालतबाट नाता कायम भएको अवस्थामा दुलाहा वा दुलहीमध्ये कुनै एक नभएमा अदालतबाट भएको नाता कायमको कागज

४. दुवै जनाको २/२ प्रति हालसालै खिचेको अटो साईजको फोटो

लाग्ने दस्तुर

विवाह भएको ३५ दिनभित्र निशुल्क ( ३५ दिन नाघेपछि रू. २०० )

लाग्ने समय

सोही दिन

बसाई सराई दर्ता

आबस्यक पर्ने कागजात हरु

१. सूचकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि

२. बसाई सराईको लगत हस्तान्तरण फारामको सक्कल प्रति

लाग्ने दस्तुर

बसाईसराई लगत हस्तान्तरण फाराम लिएको ३५ दिनभित्र निशुल्क ( ३५ दिन नाघेपछि रू. २०० )

लाग्ने समय
सोही दिन

सेवा सुबिधा प्राप्त गर्न आवश्यक पर्ने प्रक्रियाहरु

बसाई सराई लगत हस्तान्तरण फाराम लिएको ३५ दिनभित्र बसाई सरी जाने वडा कार्यालयमा सूचक ( घरमुली ) ले बसाई सराई दर्ता गराउनुपर्दछ ।

सम्बन्ध विच्छेद दर्ता

आबस्यक पर्ने कागजात हरु

१. सूचकको ( सम्बन्ध विच्छेद दर्ता गराउन आउने पति वा पत्निको ) नागरिकता प्रमाणपत्रको प्रतिलिपि

२. अदालतबाट सम्बन्ध विच्छेद भएको फैसलाको प्रतिलिपि

३. विदेश स्थित अदालतबाट भएको फैसलाको हकमा अङग्रेजी भाषामा गरेको अनुवादलाई नोटरी पब्लिक वा कन्सुलरबाट प्रमाणीकरण गरेको सक्कल प्रति

सेवा शुल्क
सम्बन्ध विच्छेद भएको ३५ दिनभित्र निशुल्क ( ३५ दिन नाघेपछि रू. २०० )
लाग्ने समय

सोही दिन

सेवा सुबिधा प्राप्त गर्न आवश्यक पर्ने प्रक्रियाहरु

सम्बन्ध विच्छेद भएको ३५ दिनभित्र पति वा पत्निले आवश्यक कागजातहरू सहित पतिको स्थायी ठेगाना रहेको वडा कार्यालयमा सम्बन्ध विच्छेद दर्ता गराउनुपर्दछ ।

नागरिकता प्रमाणपत्र सिफारिस

आबश्यक पर्ने कागजातहरु

१. जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि, बुवा र आमाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि ( विवाहित महिलाको हकमा), पतिको नागरिकता प्रमाणपत्रको प्रतिलिपि ( विवाहित महिलाको हकमा ), बसाईसराई दर्ता प्रमाणपत्रको प्रतिलिपि ( बसाई सरी आएकाको हकमा )

२. पासपोर्ट साईजको फोटो – ४ प्रति

लाग्ने दस्तुर

रू. १५०

 

लाग्ने समय

सोही दिन
सेवा सुबिधा प्राप्त गर्न आवश्यक पर्ने प्रक्रियाहरु

नागरिकता प्राप्त गर्न चाहने व्यक्तिले आवश्यक कागजातहरू सहित आफ्नो स्थायी ठेगाना रहेको वडा कार्यालयमा नागरिकता प्रमाणपत्रको लागि सिफारिस लिन जानुपर्छ । नागरिकता प्रमाणपत्रको सिफारिस लिएर सम्बन्धीत ईलाका प्रशासन कार्यालय वा जिल्ला प्रशासन कार्यालय जानुपर्छ । नागरिकता प्रमाणपत्र प्राप्त गर्नका लागि वडा कार्यालयमा सिफारिस लिन जाँदा संरक्षकलाई अनिवार्य रूपमा उपस्थित गराउनुपर्छ ।

नागरिकता प्रमाणपत्रको प्रतिलिपि

आवश्यक कागजातहरु

१. नागरिकता च्याटिएको, नाश भएको वा हराएको हकमा ः नागरिकता सम्बन्धी विवरण खुल्ने कागजातहरू जस्तै, नागरिकताको प्रतिलिपि, मतदाता परिचयपत्रको प्रतिलिपि, चालक अनुमती प्रमाणपत्रको प्रतिलिपि, जग्गाधनी प्रमाणपत्रको प्रतिलिपि वा नागरिकता सम्बन्धी विवरण खुल्ने अन्य कागजातहरू जस्तै, विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि, बच्चाको जन्म दर्ताको प्रमाणपत्र वा अन्य परिचय पत्र, बसाईसराई दर्ता प्रमाणपत्रको प्रतिलिपि ( बसाई सरी आएकाको हकमा )

२. पासपोर्ट साइजको फोटो – ४ प्रति

३. नागरिकता पुरानो, झुत्रो भएको वा नयाँ ढाँचाको नागरिकता चाहिएको हकमा ः नागरिकता प्रमाणपत्र सक्कली, बसाईसराई दर्ता प्रमाणपत्रको प्रतिलिपि ( बसाई सरी आएकाको हकमा )

४. नागरिकतामा पतिको नामथर कायम गर्न वा पतिको नामथर संशोधन गर्न परेमा विवाह दर्ता प्रमाणपत्रको फोटोकपी

सेवा शुल्क

रू. १५०

लाग्ने समय

सोही दिन

सेवा सुबिधा प्राप्त गर्न आवश्यक पर्ने प्रक्रियाहरु

नागरिकता प्रमाणपत्रको प्रतिलिपि लिन चाहने व्यक्तिले आवश्यक कागजातहरू सहित आफ्नो स्थायी ठेगाना रहेको वडा कार्यालयमा नागरिकता प्रमाणपत्रको प्रतिलिपिको सिफारिस लिन जानुपर्छ । वडा कार्यालयबाट सिफारिस लिईसकेपछि सम्बन्धीत ईलाका प्रशासन कार्यालय वा जिल्ला प्रशासन कार्यालयमा जानुपर्छ ।

सामाजिक सुरक्षा भत्ता दर्ता तथा सूचीकरण

आवश्यक कागजातहरु

१. नागरिकता प्रमाणपत्रको प्रतिलिपि

२. बसाईसराईको हकमा बसाईसराई दर्ता प्रमाणपत्रको प्रतिलिपि

३. अपांगताको हकमा अपांगता परिचयपत्र

४. बालबालिकाको हकमा जन्म दर्ताको प्रमाणपत्र र संरक्षकको नागरिकताको प्रतिलिपि

५. विधवा, एकल महिलाको हकमा पतिको मृत्यु दर्ताको प्रमाणपत्रको प्रतिलिपि

६. हालसालै खिचेको फोटो

सेवा शुल्क

निशुल्क

लाग्ने समय
सोही दिन
सेवा सुबिधा प्राप्त गर्न आवश्यक पर्ने प्रक्रियाहरु

आवश्यक कागजातहरू सहित तोकिएको ढाँचामा नाम दर्ताका लागि सम्बन्धित वडा कार्यालयमा निवेदन दिनुपर्छ ।

सामाजिक सुरक्षा भत्ता परिचयपत्र नविकरण

आवश्यक कागजातहरु

१. नागरिकता प्रमाणपत्रको प्रतिलिपि

२. बसाईसराईको हकमा बसाईसराई दर्ता प्रमाणपत्रको प्रतिलिपि

३. अपांगताको हकमा अपांगता परिचयपत्र

४. बालबालिकाको हकमा जन्म दर्ताको प्रमाणपत्र र संरक्षकको नागरिकताको प्रतिलिपि

५. विधवा, एकल महिलाको हकमा पतिको मृत्यु दर्ताको प्रमाणपत्रको प्रतिलिपि

६. हालसालै खिचेको फोटो

७. सामाजिक सुरक्षा भत्ता लाभग्राही परिचयपत्र

सेवा शुल्क

निशुल्क

लाग्ने समय

सोही दिन वा तोकिएको समय अवधिभित्र

सेवा सुबिधा प्राप्त गर्न आवश्यक पर्ने प्रक्रियाहरु

आवश्यक कागजातहरू लिई नविकरणका लागि वडा कार्यालयमा निवेदन दिनुपर्दछ ।

नाता प्रमाणित

आवश्यक कागजातहरु

१. घरमुलीको ( निवेदकको ) नागरिकता प्रमाणपत्रको प्रतिलिपि

२. नाता कायम गराउन चाहने व्यक्तिहरूको व्यक्तिगत विवरण खुल्ने कागजातहरू ( जन्म दर्ता, नागरिकता, आवश्यक भएमा विवाह दर्ता समेत )

३. नाता कायम भएका निवेदक सहितको सम्पूर्ण व्यक्तिहरूको हालसालै खिचेको अटो साईजको फोटो

अन्य जानकारी

१. मृतकसँगको नाता प्रमाणित गराउने भएमा मृतकको फोटो नचाहिने ।

२. मृतकको मृत्यु दर्ता प्रमाणपत्रको प्रतिलिपि

सेवा शुल्क
रू. ३००
लाग्ने समय
सोही दिन
सेवा सुबिधा प्राप्त गर्न आवश्यक पर्ने प्रक्रियाहरु

नाता प्रमाणित गराउन चाहने निवेदकले ( घरमुलीले ) आवश्यक कागजातहरू सहित आफ्नो स्थायी ठेगाना रहेको वडा कार्यालयमा गई नाता प्रमाणित गराउनुपर्दछ ।

आय स्रोत प्रमाणित ( कृषिमा )

आबस्यक पर्ने कागजात हरु

१. निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि

२. कृषिबाट आम्दानी विवरण खुल्ने कागजातहरू जस्तै, जग्गाधनी प्रमाणपत्र पुर्जाको प्रतिलिपि

सेवा शुल्क

प्रति लाखमा रू. २००

लाग्ने समय
सोही दिन
सेवा सुबिधा प्राप्त गर्न आवश्यक पर्ने प्रक्रियाहरु

निवेदकले आफ्नो स्थायी ठेगाना रहेको वडा कार्यालयमा आय स्रोत प्रमाणितका लागि जानुपर्छ ।

३५ दिन भित्र ब्यक्तिगत घटना दर्ता गर्दा शुल्क लाग्दैन ।व्यवसाय दर्ता तथा नविकरण यथासक्य चाँडो गर्नुहुन सबैमा हार्दिक अनुरोध छ l हाल सम्म सम्झौता नगरेका सम्पूर्ण वडामा रहेका पुल हेरालुहरुलाई सम्झौता गर्न गाउँपालिका पठाईदिनुहुन अनुरोध छ l  !!  
सुनछहरी झरना